२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्कियो

२० फागुन, काठमाडौँ । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ । टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो ।

पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको आगोलाई बिहानदेखि निभाउने प्रयास जारी रहेको बतइएको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस