२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

अब चिकित्सक र नर्सहरूको पारिश्रमिक बढाउने छौं : स्वास्थ्यमन्त्री पौडेल

२० फागुन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन् ।

आज काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकेको बताए ।

चिकित्सक र नर्सहरूको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्ने गरी सरकार अघि बढिरहेको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । श्रम ऐनले तोकेको पारिश्रमिक कम्तीमा उपलब्ध गराउनै पर्ने व्यवस्था कडाइका साथ लागू गर्ने गरी सरकार अघि बढिरहेको पनि उनको जिकिर छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस