२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनचाँदीको भाउ बढ्यो, अब एक तोला किन्न कतिपर्छ मूल्य ?

today gold price in nepal

२१ फागुन , काठमाडौँ । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ ९ सय र चाँदीको भाउ १० रुपैयाँले वृद्धि भएको हो ।
हिजो मंगलबार प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ७० हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस दिन प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ९० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ तय भएको छ । यस दिन १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७२ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस