२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पूर्वराजाको स्वागतका लागि राप्रपाले पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गर्‍यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २५ फागुनमा काठमाडौंको भृकुटीमण्डपमा तय गरेको आमसभा स्थगित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्ने निर्णय गरेको छ। पूर्वराजा सोही दिन पोखराबाट काठमाडौं फर्किंदै छन्।
बुधबार बसेको बैठकले आमसभा रद्द गरी विमानस्थलमा स्वागतका लागि पार्टीपंक्ति र जनसमुदायलाई आह्वान गरेको छ। साथै, प्रजातन्त्र दिवसको शुभकामना सन्देशको स्वागत गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।
बैठकमा समसामयिक राजनीति र संगठन निर्माणको समीक्षा गरी कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय भएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस