२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय : देउवा

२२ फागुन, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय पार्टी बनेको बताएका छन् ।
कांग्रेस निकट भूपू सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले कांग्रेस बलियो भएमात्रै मुलुकले समृद्धि पाउने बताए । सभापति देउवाले भने, ‘सबैको मायाले कांग्रेस जनताको लोकप्रिय पार्टी बनेको छ । लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुरक्षित हुन्छ । त्यसैले पार्टीलाई बलियो बनाउनको लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्छ । कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ ।’ उनले भारतीय सेनाको अग्निपथका बारेमा सरकारसँग कुरा चलिरहेको बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस