काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयमै कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिनुपरेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले कुलमानले आफैंलाई अंक दिएर मूल्याङ्कन पठाएको दाबी गरे। उनले कुलमान सरकारभन्दा माथि हुन नसक्ने भन्दै अध्ययन गर्दा धेरै कमजोरी देखिएको बताए।
मन्त्री खड्काले प्राधिकरणले उठाउन नसकेको वक्यौता देखाएर नाफा देखाएको आरोप लगाए। भारतसँग प्रक्रिया नपुर्याई विद्युत् खरिद सम्झौता गरेको दाबी गर्दै उनले लोडसेडिङ अन्त्य कुलमानका कारण नभई भारतबाट सहज आपूर्ति र उत्पादन वृद्धिका कारण भएको बताए।
प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार

