२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

सरकारका ५ अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं । सरकारद्वारा जारी गरिएका ६ मध्ये ५ वटा अध्यादेश बिहीबार राष्ट्रियसभाबाट स्वीकृत भएका छन्। बैठकमा पेस गरिएका अध्यादेशहरूमा बहुमतले स्वीकृति प्राप्त भएको हो।

स्वीकृत भएका अध्यादेशहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐनमा संशोधन, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी नेपाल ऐनमा संशोधन, र सहकारी सम्बन्धी नेपाल ऐनमा संशोधन रहेका छन्।

यसअघि यी अध्यादेशहरू विरुद्ध आएका विरोधका सूचनाहरू अस्वीकृत भएका थिए। अब, यी अध्यादेश दुवै सदनबाट पारित भएपछि प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला भएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस