२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

अनियन्त्रित भएर आएको जीपले ठक्कर दिंदा १४ र १२ वर्षीया दिदी–बहिनीको मृत्यु

"One killed and 12 injured in a bus accident in Sindhuli."

२२ फागुन , उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा अनियन्त्रित भएर आएको बोलेरो जीपले ठक्कर दिंदा एकै घरका दिदी–बहिनीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१२ डिएमगेटको भित्री सडकमा बिहीबार साँझ बोलेरो गाडीको ठक्करबाट सप्तरी जिल्ला घर भई गाईघाट बस्दै आएका ललन दासकी छोरी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए ।

डिएसपी दोङले सडक पेटीमा बसिरहेका दुवै दिदीबहिनीलाई गाईघाटमा रहेको हिमशिखर फर्निचरको गाडी प्रनं १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडी अनियन्त्रित भइ ठक्कर दिएको बताए । उनले भने, ‘ठक्करबाट बहिनी देवकुमारीको घटनास्थलमै मृत्यु भएको थियो, दिदी अनुकुमारीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।’ डिएसपी दोङले गाडी चालक त्रियुगा नगरपालिका–९ गैरुन बस्ने १८ वर्षका निर्जल कटुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस