२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

८५ किलोग्राम प्रतिबन्धित मुङ्ग्री जातको माछा नष्ट

२२ फागुन , उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विङ्गर गाडीमा रहेको वेवारिसे अन्दाजी ८५ किलो प्रतिबन्धित मुङ्ग्री जातको माछा फेला पारी नष्ट गरेको छ ।
जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं ६ जलजले स्थित चेक पोष्टमा जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजले बाट खटिएको संयुक्त चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लहान बाट गाईघाट तर्फ आउँदै गरेको ना१ ज ७४३९ नंको विङ्गर गाडीमा रहेको वेवारिसे अन्दाजी ८५ किलोग्राम प्रतिबन्धित मुङग्री जातको माछा फेला पारी नियन्त्रणमा लिएको थियो ।

आज यस कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी कर्मचारीहरु, जिल्ला प्रशासन कार्यालका प्रतिनिधि, जिल्ला स्थित पत्रकार महासंघका उदयपुरका सचिव तथा विभिन्न सञ्चार मिडियाका प्रमुख एवं प्रतिनिधिहरु, भेटेरिनरी अस्पताल पशु विज्ञ सेवा केन्द्रका प्रतिनिधि र स्थानीय मानिसको उपस्थितिमा बरामद गरिएको उक्त प्रतिबन्धित माछा नष्ट गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस