२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अमेरिकी दूतावासले भन्यो-‘दलालको झुटो आश्वासनमा परेर जीवन जोखिममा नपार्नुस्, अवैध आप्रवासन अन्त्य गर्छाैँ’

२३ फागुन, काठमाडौँ । काठमाडौंस्थित अमेरिकी राजदूतवासले अवैध आप्रवासन खतरान हुने बताएको छ । अवैध आप्रवासन अन्त्य गर्ने अमेरिकाको नीति रहेको प्रस्ट पार्दै दूतावासले उक्त बाटो नअपनाउन आग्र गरेको हो ।

शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भनाइ उद्धृ गर्दै दूतावासले भनेको छ, अवैध आप्रवासन अन्त्य गर्ने र सीमा सुरक्षा सुदृढ गर्ने सबालमा अमेरिका प्रतिबद्ध छ। धेरै नेपालीहरू अमेरिकामा काम गर्ने वा त्यहीँको जीवन बाँच्ने सपना देख्छन्। त्यस्ता सपना पूरा गर्न अवैध बाटो रोजेर जीवन खतरामा नपार्नुस्।
दूतावासले एजेन्टहरूको झुटो आवश्वासनमा नलाग्न आग्रहसमेत गरेको छ। अवैध बाटो अपनाउँदा नजरबन्द, आपराधिक क्रियाकलापकलगायतको सामना गर्नुपरिरहेको दूतावासले उल्लेख गरेको छ।

हरेक वर्ष धेरैले रोजगारीको अवसर खोज्न एजेन्टहरूको झुटो आश्वासनमा लागेर आफ्नो जीवन नै जोखिममा पार्छन्। त्यस्तो झुटो आश्वासनमा परेर जीवनलाई नष्ट नपार्नुस्। आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुस्, दूतावासले भनेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस