२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मलेसियामा काम गर्ने अधिकांस नेपाली पुरुषहरुका बुढीसँग सम्बन्ध विच्छेद !

२३ फागुन, काठमाडौँ । मलेसियामा कार्यरत नेपाली युवाको सम्बन्ध विच्छेद दर उच्च रहेको पाइएको छ । नेपालका लागि मलेसियाका राजदूत डा नेत्र तिम्सिनाले आफूले एक महिना अवधिमा ६० वटाभन्दा बढी सम्बन्ध विच्छेदको वारेसमा हस्ताक्षर गरेको जानकारी दिएका हुन् ।

सम्बन्ध विच्छेद गर्ने अधिकांश युवकले ‘म आएको यतिका वर्ष भयो श्रीमती म अन्तै जान्छु भनेपछि कसरी रोक्ने ?’ भन्ने गरेका छन् । कतिपयका श्रीमतीले आफ्ना श्रीमान्‌ले मलेसियामा इन्डोनेसियन केटीहरूसँग बिहे गरेको थाहा पाएर पनि सम्बन्ध विच्छेद गर्ने गरेको तिम्सिनाले बताए ।

सम्बन्ध विच्छेदका लागि नेपालमा रहेका श्रीमतीबाट कागज पठाउँछन् । मलेसियामा कार्यरत श्रीमान्‌ले दूतावासमा वारेस दिन जाने गरेका छन् । दैनिक रूपमा बढीमा तीनजनाले यस्तो कागज लिएर दूतावासमा आउने गरेको राजदूत तिम्सिनाले बताए ।

राजदूत तिम्सिनाका अनुसार मलेसियमा करिब चार लाख नेपाली छन् । उनीहरू सुरक्षा गार्ड, उत्पादन कम्पनी, कृषि र सेवाजन्य क्षेत्रमा काम गरिरहेका छन्। चिकित्सा, नर्सिङ, सूचना प्रविधि क्षेत्रमा काम गर्ने नेपाली पनि छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस