२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

‘म फेरि प्रधानमन्त्री बन्दैछु, बलियो नेपाल बनाउन ठूलो जिम्मेवारी महसुस भईसक्यो’ : देउवा

२३ फागुन , काठमाण्डौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने लाईनमा रहेको बताएका छन् । उनले अब बलियो नेपाल बनाउने सपना समेत आफुले देखिसकेको बताए । महोत्तरीको मनराशिश्वामा शुक्रबार आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने बताएका हुन् ।

कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गर्दै एकढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउनेसमेत देउवाको दाबी छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस