२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

वार्षिक परीक्षाको मुखमा पढाउनै छाडेर शिक्षक कर्मचारी आन्दोलनमा !

२३ फागुन , काठमाडौँ । एसईईसहित विद्यालय तहको हरेक कक्षाका अन्तिम परीक्षाको मुखमै कक्षाकोठा छाडेर विद्यालय शिक्षक र कर्मचारीहरू आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा जुटेका हुन् । माध्यमिक शिक्षा परीक्षा चैत ७ गते हुँदैछ भने आधारभूत तहसहित अन्य कक्षाका वार्षिक परीक्षा पनि चैतमै हुनेछ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौँमा फागुन २४ गते ३६ हजार शिक्षकलाई अनिवार्य उपस्थत हुन सर्कुलर जारी गरेका छन् । उनले जिल्लागत रूपमा संख्या तोकेरै शिक्षक र विद्यालय कर्मचारीलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन अपिल गरेका हुन् । सुवेदीले जारी गरेको सर्कुलरअनुसार काठमाडौँ उपत्यकाका सबै विद्यालयका शिक्षक र कर्मचारी आन्दोलनमा सहभागी हुनुपर्नेछ । यसैगरी सर्कुलरमा एउटा जिल्लाबाट बढीमा एक हजार जना र कम्तीमा ५० जनालाई अनिवार्य रूपमा काठमाडौँमा भेला हुन निर्देश गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस