२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बागमती प्रदेशका ७५ वटा सहकारी धरापमा, अनुसन्धान तथा कारबाहीको सीआईबीमा पत्र

२४ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशका ७५ वटा सहकारी संस्थालाई अनुसन्धान तथा कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी तथा प्रहरीलाई पत्राचार गरेको छ ।

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पटक–पटक स्पष्टीकरण पेश गर्न पत्रचार गरेकोमा कार्यलय पनि बन्द गरि हिँडेका र संचालकहरुको मोबाइलमा सम्पर्क गर्दा समेत सम्पर्क हुन नसकेका ७५ सहकारी संस्थालाई अनुसन्धान तथा कारबाहीको लागि नेपाल प्रहरी तथा सीआईबीलाई पत्रचार गरिएको सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौँडाका सचिव रामप्रसाद लामिछानेले बताए ।

७५ वटा सहकारी मध्ये १३ वटा सहकारीलाई अनुसन्धान तथा कारबाहीको लागि सीआईबीमा पत्रचार गरिएको र बाँकीलाई प्रहरीमा पत्रचार गरिएको सचिव लामिछानेको भनाई छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस