२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

पश्चिमी प्रणालीको प्रभाव, यी स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम सफा रहेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। राति पनि यी प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्छ।

महाशाखाले जनजीवन र यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस