काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न धनगढी जाँदै छन्। मध्यान्न १ बजे हुने १७औँ बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि पनि ओलीले पहिलो कार्यकालमा प्रदेशसभालाई सम्बोधन गरेका थिए।
आज, पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किँदै छन्। उनको स्वागतको तयारी भइरहेकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कुनै अवाञ्छित गतिविधि हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
गृह मन्त्रालयले १० हजारसम्म समर्थक भेला हुन सक्ने अनुमान गर्दै सुरक्षा निकायलाई विशेष निगरानी राख्न निर्देशन दिएको छ। राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईँ समूहले विमानस्थलमा शाहको स्वागत गर्ने तयारी गरेका छन्।

