२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

अन्तिम समयमा पूर्वराजालाई राप्रपाको धोका? अध्यक्ष लिङ्देन नै स्वागतमा नजाने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन्। पार्टीले स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ।

शाहीले आफूहरूले कार्यक्रम अगाडि बढाउने जिम्मा पाएको बताए। प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थितिबारे जानकारी नभएको बताए। गौशाला र तीनकुने क्षेत्रमा भेला भएका राजावादी समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने छन्।

एक साता पोखरामा बसेका शाह आज दिउँसो काठमाडौं फर्किंदै छन्। उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपालसहितका समूहले विभिन्न स्थानबाट र्‍याली निकाल्नेछन्। सम्भावित भिड नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस