२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

माओवादीको पदाधिकारी बैठक भोली बस्दै, राष्ट्रिय राजनीतिबारे छलफल

२५ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक सोमबार बिहान बस्ने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाहरूको विषयमा छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।

आइतबार तराई(मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै छन् । काठमाडौंमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थक, राप्रपा र राजावादीहरूले शक्ति प्रदर्शन बढाएपछि माओवादीले अभियान स्थगित गरेको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस