२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

वडाध्यक्षकी श्रीमतीको मृत्यु हुँदा गाउँपालिकामा आधा दिन बिदा

२५ फागुन , राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ का अध्यक्ष ललनकुमार यादवको श्रीमती कुसुमीदेवी यादवको निधनमा आइतबार पालिकाले आधा दिन शोक बिदा दिएको छ ।

पालिका उपाध्यक्ष राजुदेवी यादवले आइतबार विज्ञप्ति जारी गर्दै वडाध्यक्ष यादवकी श्रीमती कुसुमीदेवी यादवको निधनमा शोक व्यक्त गर्दै आइतवार आकस्मिक सेवाबाहेक गाउँपालिका कार्यालय र मातहतका कार्यालयमा आधा दिन बिदा दिइएको उल्लेख गरेकी छन् । उपचारका क्रममा कुसुमीदेवीको आइतबार बिहान विराटनगरमा निधन भएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस