काठमाडौं । पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन विमानस्थलबाट लग्जरी कारमा बाहिरि रहेका थिए । प्रहरीले भित्र छिर्न नदिएपनि विमानस्थलको गेट बाहिर हज्जारौ नेपालीको भीड थियो ।
त्रिभुवन विमानस्थलको गोल्डेन गेटमा आइपुग्दा अत्याधिक मानिस देखेपछि ज्ञानेन्द्र गाडीबाट आधा जीउ निकालेर समर्थकहरूमाझ हात हल्लाउँदै मुस्कुराई रहे । समर्थकहरू विभिन्न नाराबाजीसहित तस्बिर, भिडिओमा सेल्फी खिचिरहेका दृष्य निक्कै मनमोहक थिए । उनको स्वागतमा एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज चक्रपथसम्म राजावादीको भिड लागेको थियो ।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

