२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनसेलले यसै वर्ष बन्द गर्न लागेको महत्वपूर्ण सेवाबारे जान्नुहोस्

काठमाडौं स् निजी दूरसञ्चार कम्पनी एनसेलले २०२५ भित्रै थ्रिजी सेवा बन्द गर्ने घोषणा गरेको छ। एनसेलका सिइओ तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभका अनुसार नेपालमा पनि पुरानो प्रविधि हटाएर नयाँ प्रविधिमा रूपान्तरण गरिनेछ।

नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा उनले अगामी १२–३६ महिनामा टुजी र थ्रिजी बन्द गर्न अपरेटरहरूलाई सहयोग गरिने बताए। थ्रिजी सेवा २०२५ मा बन्द हुने र टुजी २०२७ मा हटाउन सकिने उनको भनाइ छ।

हाल नेपालमा ३३ लाख टुजी ह्यान्डसेट सक्रिय रहेकाले नयाँ प्रविधिको विस्तारमा बाधक रहेको उनले बताए।

 

 

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस