२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

काठमाडौँबाट जाँदै गरेको बसमा अप्रिय घटना, एक व्यक्तिको मृत्यु

काठमाडौं । रुकुमकोटतर्फ जाँदै गरेको यात्रुबाहक बसमा बेहोस अवस्थामा फेला परेका ५०-५५ वर्षीय पुरुषको मृत्यु भएको छ। घोडाघोडी समितिको यात्रुबाहक बस (प्रदेश ३-०१-००५ ख ९५४२) मा ती पुरुष बी१ नम्बरको सिटमा बेहोस अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीका अनुसार, उनलाई रुकुम अस्पताल पुर्याइए पनि चिकित्सकहरूले बुधबार दिउँसो १२:२० बजे मृत घोषित गरेका हुन्। यात्रुहरूका अनुसार, बेहोस भएको व्यक्तिलाई देखेर चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए। मृतकका आफन्तसँग सम्पर्क भइरहेको र थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस