२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

होलीमा आज सार्वजनिक बिदा

काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा आज फागुपूर्णिमा (होली) हर्षोल्लासका साथ मनाइँदै छ। सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ।

होली असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक मानिन्छ। आपसी मेलमिलाप र सद्भावका रूपमा आफन्त तथा साथीसँग अबिर दलेर रमाइलो गर्ने परम्परा छ।

राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरूले मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेका छन्। प्रहरीले उच्छृंखल गतिविधि रोक्न चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस