२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

आज मौसम पनि होलीको मुडमा, यी प्रदेशमा वर्षा हुने

weather today

काठमाडौं । आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको मिश्रणले वर्षा गराउनेछ।

बिहीबार ती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र अन्य प्रदेशका पहाडी भेगमा एक-दुई स्थानमा वर्षाको सम्भावना छ। प्रि-मनसुनी गतिविधि सक्रिय भएकाले अपराह्नतिर वर्षा र राति मौसम सफा रहने जनाइएको छ।

बुधबार साँझ काठमाडौंसहित विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। गण्डकी प्रदेशमा विकसित मौसमी प्रणाली कोशी प्रदेश हुँदै बाहिरिएकाले बिहीबार राति पानी पर्ने सम्भावना नरहेको मौसम महाशाखाले जनाएको छ। लगातार चार दिनको प्रतिकूल मौसमले हवाई उडानसमेत प्रभावित भएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस