२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

राष्ट्रपति पौडेलद्वारा होली पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। शुभकामना सन्देशमा उनले होलीले समाजका विकृति, विसङ्गति हटाउँदै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिने उल्लेख गरेका छन्।

उनका अनुसार जातीय, भाषिक र सांस्कृतिक विविधताबीचको एकता नै नेपाली समाजको पहिचान र सुन्दरता हो। होलीमा खेलिने रङहरूजस्तै नेपाली समाज विविधतापूर्ण रहेको बताउँदै उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

चीर ठड्याएपछि सुरू हुने होली पूर्णिमाको राति चीर दाहसँगै समापन हुन्छ। असत्यमाथि सत्य, अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा होली आपसी मेलमिलाप र सद्भावको सन्देशसहित हर्षोल्लासका साथ मनाइन्छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस