२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पाकिस्तानको रेल अपहरणमा परेका सबै बन्धक छुटे, १०० सैनिक मारिएको दाबी

काठमाडौं । पाकिस्तानी सुरक्षा बलले बुधबार राति रेल अपहरणको घटनामा ३३ बलुच लडाकु मारिएको र २७ पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरेको छ। बलुच लिबरेशन आर्मी (बीएलए) ले जाफर एक्सप्रेस ट्रेनमा ४५० यात्रुलाई बन्धक बनाएको थियो। पाकिस्तानी सेनाले ३६ घण्टाको उद्धार कार्यमा ३ सय ४६ बन्धकलाई रिहा गरेको जानकारी दिएको छ।

बीएलएले पाकिस्तान सरकारको विरोधमा बन्धकहरूको रिहाइको माग गर्दै आक्रमण गरेको थियो। सेना र ड्रोनद्वारा लडाकुहरूलाई निशाना बनाइयो, र पाकिस्तान सरकारले 200 कफिन पठाएको जनाएको छ। बीएलएले २ दिनमा १०० सैनिक मारिएको दाबी गर्दै ६० को मृत्यु बुधबार मात्र भएको बताएको छ।

चीनले पनि बलुचिस्तानको आक्रमणको निन्दा गर्दै पाकिस्तानसँग सुरक्षा सहयोग बढाउने घोषणा गरेको छ। बलुच लिबरेशन आर्मीले पाकिस्तानको CPEC परियोजनाको विरोध गर्दै यस संघर्षलाई बलुच जनताको अधिकारको लडाइ मान्दै आक्रमण गरेको बताएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस