२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

काठमाडौंमा दुई महिलासहित १२ जना पक्राउ, के भन्छ प्रहरी ?

काठमाडौं । रङको पर्व ‘होली’को अवसरमा काठमाडौँमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार दुई जना महिलासहित १२ जना पक्राउ परेका छन्।

प्रहरीले काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो। पकनाजोलबाट दुई महिलासहित, न्युरोड गेटबाट तीन जना, कोटेश्वर चोकबाट चार जना, सिंहदरबार पश्चिम गेटबाट दुई जना र बौद्धबाट एक जना पुरुष पक्राउ परेका हुन्।

उनीहरूलाई इच्छा विपरीत लोला हान्ने र रङ दल्ने जस्ता अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरिएको एसपी बोहराले जानकारी दिए। पक्राउ गरिएका व्यक्तिहरूसमस्या परिक्षण गरी, उनीहरूलाई मुद्दा चलाउने वा छुटाउने निर्णय गरिने उनले बताएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस