काठमाडौं । जल तथा मौसम विज्ञान विभागको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ। महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार, विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ।
मानन्धरले बताउनुभयो, ूबागमतीको काठमाडौँ वरिपरि, दोलखा र सोलुखुम्बु लगायतका क्षेत्रमा वर्षा भइरहेको छ भने गण्डकी प्रदेशको गोरखा र लमजुङतिर पनि वर्षा भइरहेको छ।ू उहाँका अनुसार, हाल मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ र साँझपछि मौसम क्रमिक सुधारको अनुमान गरिएको छ। काठमाडौँमा असिना पनि परेको छ, यद्यपि त्यो छोटो समयको लागि मात्र थियो।
मौसमविद्ले आगामी दिनमा बिहान मौसम खुल्ने, दिउँसो हल्का वर्षा र साँझ क्रमिक सुधारको सम्भावना रहेको पनि जानकारी दिनुभयो।

