मुगु । छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँको थुम्बाडा बस्तीका एक स्थानीयको रुख ढलेर मृत्यु भएको छ। स्थानीय रत्नबहादुर बडुवालका अनुसार ४५ वर्षीय चन्द्रबहादुर बडुवालको मृत्यु भएको हो।
बुधबार गाउँबाट तीन घण्टा टाढा रहेको सुगुतिर भन्ने वनमा भेडाबाख्रा चराउन गएका बेला हावाहुरी चलेपछि उनी बसेको ठाउँमाथि रुख ढलेको थियो। घाइते भएका बडुवालको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार

