२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

बिहानै ५.२ रेक्टर स्केलको भूकम्पले हल्लियो भारत

काठमाडौं । भारतका जम्मु कश्मीर, लद्दाख र अरुणाचल प्रदेशमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। लद्दाखको कारगिल क्षेत्रमा स्थानीय समयानुसार राति २:५० बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको प्रभाव पूरै लद्दाख र जम्मु कश्मीरमा महसुस गरिएको छ।

बिहान ६ बजे अरुणाचल प्रदेशको पश्चिम कामेङ क्षेत्रमा ४.० म्याग्निच्युडको अर्को भूकम्प गएको भारतीय राष्ट्रिय विज्ञान केन्द्रले जनाएको छ। यसअघि सिन्धुपाल्चोक  केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको धक्का भारतको बिहार, पाकिस्तानका केही भागमा पनि महसुस गरिएको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस