२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

काठमाडौंको टोखामा दिन दहाडै यस्तो के भयो ? आरोपी खोज्दै प्रहरी

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–८ बानियाँटार स्थित ३७ वर्षीया सावित्राकुमारी कँडेलको डेराबाट करिब १ लाख ९९ हजार रुपैयाँको सुनका गहना र नगद चोरी भएको छ।

चोरीको घटना बुधबार दिउँसो घटेको हो। टोखा नगरपालिकास्थित कँडेलको डेराबाट ल्यापटप, मोबाइल, सुन र नगद चोरी भएको स्थानीय प्रहरी कार्यालय काठमाडौँले जानकारी दिएको छ।

पर्साको सखुवा प्रसौनी घरकी कँडेलको डेराबाट चोरी भएको घटनामा संलग्न आरोपीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस