काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश परिवर्तनको संघारमा पुगेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी नभएको भन्दै दुवैलाई संगै लैजान सकिने बताए।
लिङ्देनले मिडियाले राजतन्त्र र प्रजातन्त्रलाई विरोधाभाषपूर्ण रूपमा प्रस्तुत गरिरहेको आरोप लगाए। साथै, परिवर्तन अब कसैले रोक्न नसक्ने भन्दै जनताको भावनालाई बेवास्ता गर्न नहुने चेतावनी दिए।
प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार

