२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पूर्वराजालाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिँदै प्रचण्डको कडा चेतावनी

मेलम्ची । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिएका छन्।

शुक्रबार मेलम्चीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै ‘चुरीफुरी’ नगर्न चेतावनी दिए। उनले दरबार हत्याकाण्डका योजनाकार नेपाली जनताले राम्ररी चिनेको दाबी गर्दै माओवादीले कुनै दुस्साहस स्वीकार नगर्ने बताए।

‘राजावादीहरूको गतिविधि बढ्दै छ, तर नेपाली जनता बिर्सिएका छैनन्। मूर्ति चोर को हो ? आफ्नै वंश नाश गर्ने को हो ? इतिहासले सबैलाई ठेगान लगाउनेछ,’ प्रचण्डले भने। उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्ने योजना बनाएको तर पाँच वर्ष शासन गर्न नपाउँदा त्यो अधुरो रहेको पनि स्मरण गराए।अब अवसर पाए टुंगो लगाउने प्रचण्डको दाबी थियो ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस