काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-१ सुन्दरीजलस्थित बिपी चोकमा सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बा.१२ च २६९७ नम्बरको बोलेरोलाई टुचिन लगाएर तान्दै हिँडेको बा.५ ख ११६८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक अनुज ढकालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ढकालको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो। टिपर चालक अशोक रोक्का र बोलेरो चालक सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार

