२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूचीहरु

३ चैत्र , काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१ माथी विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री पौडेलले निजीकरण पहिलो संशोधन विधेयक, २०८१ माथी विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।

त्यस्तै मन्त्री पौडेलले नै आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथी विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस