२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

हत्याराहरू यही संसद्‌मा सांसद बनेर हिँडिरहेका छन् : ज्ञानेन्द्र शाही

३ चैत्र , काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूसँग बहस गर्ने भए इतिहास पढेर आऊ भनेका नेकपा एमालेका सांसद रघुजी पन्तलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले संसद्‌मा जे मन लाग्यो त्यो बोल्न नहुने बताएका हुन् ।

पन्तले राजाको कालमा हत्याका घटनाहरू भएका थिए भन्नेबारे अभिव्यक्ति दिएपछि शाहले यसको जवाफ दिँदै भने- यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नुभएको थियो, मदन भण्डारीको हत्या कसले गर्‍यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ । मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्योरु यसको जवाफ यस संसद्लाई चाहिन्छ।
उनले पटकपटक सरकारको नेतृत्व गरेको एमालेलाई मदन भण्डारीको हत्याको याद आयो कि आएन भनेर पनि प्रश्न गरे ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस