२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

इटहरीको सहिद स्कुलमै बन्छ जाँड : होस्टेल नै ‘जाँडको भण्डार ! ’

३ चैत्र, इटहरी । इटहरी उपहानगरपालिका–१९ मा रहेको सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा जाँड बनाउने गरेको पाइएको छ । विद्यालयमै जाँडको भण्डार रहेको पाइएपछि विद्यार्थी आन्दोलित बनेका छन् । विद्यार्थीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी र होस्टलका वार्डेन सोमप्रसाद पुरीलाई निकाला गर्नुपर्ने मागसहित आइतबार प्रदर्शन गरेका हुन् ।

होस्टलमा विद्यालयका शिक्षकहरूलाई निकाला गरेर गेट भित्रबाट ताला लगाइएको छ। अध्यक्ष गिरी र वार्डेन पुरीमाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप पनि लागेको छ ।

कक्षा १२ मा अध्ययनरत पुरन विश्वकर्माले होली खेल्ने क्रममा विद्यार्थीमाथि दुर्व्यवहार भएको बताए । होस्टेल वार्डेन पुरीले ‘बाहिरको मान्छे ल्याएर कुटपिट गर्ने’ धम्कीसमेत दिएको आरोप विश्वकर्माको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस