२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सनफ्लावर र भटमासको तेलको मूल्य बढ्यो, प्रतिलिटर कति ?

३ चैत्र, काठमाडौँ । बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य बढेको छ । नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो ।
संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ । बजारमा खाने तेल भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेल पाइन्छ ।

१५ दिन अघिको तुलनामा सनफ्लावर र भटमासको तेल प्रतिलिटर पाँच रूपैयाँले बढेको छ । फागुन १५ गते यी दुई प्रकारका तेल प्रतिलिटर दुई सय ५० रूपैयाँमा कारोबार भइरहेकोमा चैत १ मा आउँदा प्रतिलिटर दुई सय ५५ रूपैयाँ पुगेको छ । भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने स्थिर छ । अहिले बजारमा भुटेको तोरीको तेल प्रतिलिटर चार सय १० र काँचो तोरीको तेल दुई सय ४५ देखि तीन सय २५ रूपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस