२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

संसदमै यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने माग गर्ने सांसद को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले मुलुकको अर्थतन्त्र सुधार गर्न यौन व्यवसायलाई वैधानिक बनाउनुपर्ने बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई विदेशी पर्यटकको संख्या बढाउने उपायबारे सुझाव दिएका हुन्।

‘मैले बारम्बार भन्दै आएको छु, यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरौं,’ उनले भने, ‘यसले मुलुकमा पर्यटकको संख्या बढाउँछ, अर्थतन्त्रलाई ठूलो सहयोग हुनेछ।’

सांसद घिमिरेले गाँजा खेतीलाई पनि कानुनी मान्यता दिनुपर्ने बताएका छन्। ‘अमेरिकाको कोलोराडोमा कानुनसम्मत रूपमा गाँजा खेती र उपयोग गरिन्छ, हामीले पनि गर्दा के हुन्छ?’ भन्दै उनले किसानलाई रोजगारी दिन र अर्थतन्त्रलाई टेवा पुर्याउने गरी कानुन बनाउनुपर्ने बताए।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस