काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन्। बालुवाटारमा बस्ने बैठकमा नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने संभावना रहेको छ।
हालका आईजीपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन्। उनको अवकाशपछि सरकार नयाँ आईजीपी चयन गर्ने तयारीमा छ। प्रहरीको ३१ औं आईजीपीका लागि एआईजीहरू दीपक थापा, सुदीप गिरी, र टेकबहादुर तामाङ प्रतिस्पर्धी छन्।
थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख, र तामाङ उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा छन्। तिनै जना २०५२ साल भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्।
प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार

