२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पाटन क्याम्पसमा विद्यार्थी संगठनबीच बबाल, मतदान के भयो ?

काठमाडौँ। पाटन संयुक्त क्याम्पसमा सत्तारुढ नेविसंघ र अनेरास्ववियु समर्थित विद्यार्थी संगठन बीच झडप भएको छ। यस झडपपछि मतदान प्रक्रिया अझै अनिश्चित बनेको छ।

मतदाता परिचयपत्रको विषयमा विवाद भएपछि मतदान प्रक्रिया रोकिएको थियो। निर्वाचन अधिकृत छविराज बरालले भने, छलफलपछि कुरा मिल्ने नसकेपछि केन्द्रीय निर्वाचन समितिको निर्णयको प्रतिक्षामा रहेको जानकारी दिए।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेविसंघका कार्यकर्ताले अनेरास्ववियुका कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाए। क्याम्पस गेट बाहिर भएको झडपपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको थियो। झडपमा अनेरास्ववियुका कार्यकर्ता दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी र समिक राई घाइते भएका छन्।

अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई कारबाहीको माग गरेको छ। यस्तै, स्ववियु निर्वाचनमा धाँधलीको आरोप लगाउँदै अनेरास्ववियुका कार्यकर्ताले फर्जी मतदाता सिर्जना र गुण्डागर्दीको विरोध गरेका छन्।

 

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस