२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको पीएन क्याम्पसको मतदान कहिले? (सूचनासहित)

काठमाडौं । पृथ्वीनारायण क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा मतपत्रमा त्रुटि देखिएपछि मतदान स्थगित गरिएको छ।

निर्धारित समयमा मतदान सुरु गर्ने तयारी गरिए पनि मतपत्रमा अखिल छैठौंका लागि मतदान गर्ने कोष्ठक छुटेपछि चुनाव रोकिएको हो। छपाई गरिएको नमुना कपिमा सबै संगठनको मतपत्र सही देखिएपनि पछि ल्याइएको मतपत्रमा उक्त कोष्ठक नभएको पाइएको थियो।

निर्वाचन समितिले अब बुधवार बिहान ८ बजे मतदान प्रक्रिया पुनः सुरु हुने जानकारी दिएको छ। निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोख्रेलले विज्ञप्ति जारी गर्दै त्रुटिपूर्ण मतपत्र रद्द गरेर पुनः छपाई गरिने र नयाँ मतपत्रका साथ मतदान प्रक्रिया अगाडि बढाइने जनाएका छन्।

सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरूसँग राय लिएर नयाँ मतपत्र ल्याइने कुरा समेत सो विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस