२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

सर्वदलीय सरकारबारे नेपाली कांग्रेसको आधिकारिक धारणा सार्वजनिक

Prakash Sharan Mahat

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीसँग भने, “सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन।”

माओवादी केन्द्रलगायत विपक्षी दलहरू संविधानको रक्षाका पक्षमा रहेको र सत्तामा आउनको बारेमा छलफल नभएको महतले बताए।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस