२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

राजतन्त्रबारे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको महत्वपूर्ण निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना र प्रदेश संरचनाको खारेजी लगायतका मुद्दामा आन्दोलन कार्यक्रमको निरन्तरता दिने निर्णय गरेको छ।

मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले तय भएका आन्दोलन कार्यक्रमहरूलाई पुनः अघि बढाउने निर्णय पनि गरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने क्रममा तय भएका कार्यक्रमहरू स्थगित भएका थिए, तर अब ती कार्यक्रमहरू अघि बढाइने जनाइएको छ। राप्रपाले आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बस्ने निर्णय गरेको छ, जसमा आगामी आन्दोलन कार्यक्रमहरू तय गरिने छ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘राप्रपाले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरू आन्दोलन केन्द्रित गर्ने निर्णय लिएको छ।’

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस