२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

निजामती पदमा सेवा प्रवेश उमेर परिवर्तन हुने

काठमाडौं । प्रतिनिधि सभाको उपसमितिले निजामती सेवाको अधिकृत पदमा सेवा प्रवेश उमेर संशोधन गर्ने निर्णय गरेको छ। अब पुरुषले ३५ वर्ष र महिलाले ३९ वर्षसम्म प्रतिस्पर्धा गर्न पाउने छन्।

उमेर सीमा बढाउनुको मुख्य कारण पढाइ सक्ने समय र सेवामा स्थायित्वको सुनिश्चितता हो। मेडिकल तथा स्नातकोत्तर अध्ययन लामो हुने भएकाले ३२ वर्षको पुरानो सीमा अपुग देखिएको छ। साथै, महिलाहरूले पेन्सन सुविधा सुनिश्चित गर्न ३९ वर्षसम्म प्रतिस्पर्धा गर्न पाउने सहमति भएको छ।

सांसदहरूले लोक सेवा परीक्षामा भाग लिन पाउने संख्यामा पनि किटान गर्नुपर्ने प्रस्ताव राखेका छन्। खुलातर्फ ६ पटक र समावेशीतर्फ ७ पटक अवसर दिन उपयुक्त हुने सुझाव छ। उपसमितिमा यस विषयमा थप छलफल जारी छ।

 

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस