२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

कमर्श क्याम्पस सभापतिमा अनेरास्ववियुको जित, सचिव र कोषाध्यक्ष गुमायो

काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा १,०५३ मतसहित विजयी भए। नेविसंघका रविन वलीले ८६० मत पाए।

सचिवमा नेविसंघकी ज्ञानु दाहाल ९९४ मतसहित विजयी भइन् भने अनेरास्ववियुका मिलन ओझाले ९२९ मत पाए।

कोषाध्यक्षमा नेविसंघका सुशील खड्का १,०७७ मत ल्याउँदै विजयी हुँदा अनेरास्ववियुका सौगात पुरीले ९३९ मत पाए। सदस्यमा अनेरास्ववियुका मौसम आचार्यले सर्वाधिक १०९० मत ल्याएर बाजी मारे ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस