२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

मकवानपुर क्याम्पसमा स्ववियु निर्वाचनबाट नयाँ नेतृत्व चयन

काठमाडौं। मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी ७०६ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन्। उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका छन्।

स्ववियु सचिवमा नेपाल विद्यार्थी संघका उत्सव ढुंगाना र कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल निर्वाचित भएका छन्।

वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघका श्यामराज भट्ट निर्वाचित भएका छन्। सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री र कोषाध्यक्षमा नेविसंघकी पूर्णिमा पन्त निर्वाचित भएका छन्।

दुई क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन

मनहरी क्याम्पस र वंशगोपाल बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ। वंशगोपाल क्याम्पसमा दिवस सिलवाल र मनहरी क्याम्पसमा कुमार घिसिङ निर्विरोध सभापति बनेका छन्।

पालुङ बहुमुखी क्याम्पसमा विवादका कारण निर्वाचन रोकिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस