२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नेपाली कांग्रेसको गुटबन्दी अन्त्य गर्न विधान संशोधनको योजना

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रको गुटबन्दी समाप्त गर्न विधान संशोधन गर्ने योजना घोषणा गरेका छन्। तनहुँको दमौलीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले क्रियाशील सदस्यबाट केन्द्रीय सभापति र अन्य पदाधिकारी चयन गर्ने कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो।

उहाँले गुट–उपगुट समाप्त गर्न आगामी महाधिवेशनमा विधि परिवर्तन गर्ने कुरा उल्लेख गर्दै, पूर्व विशिष्टको सुविधामा कटौती गर्न र सरकारी उद्योगलाई निजी क्षेत्रको जिम्मामा दिनुपर्ने बताएका छन्।

कार्यक्रममा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र अन्य नेताहरूले पार्टीको विकास र संगठन निर्माणमा जोड दिनु भएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस