२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

१५ वर्षीया बालिकालाई बलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ

सल्यान। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९ वर्षीय नवराज बुढाथोकीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

नवराजले गत फागुन २९ गते उक्त बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस