२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

लिभिङ टुगेदरमा बच्चा जन्मिएपछि बलात्कारको आरोप, अस्पतालबाटै भागे

काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट बलात्कार मुद्दाका एक थुनुवा फरार भएका छन्।

अछामका १९ वर्षीय दीपक साउद प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका बेला बिरामी भएपछि उपचारका लागि पाटन अस्पताल लगिएको थियो। बुधबार बिहान ११ बजेतिर शौचालय जाने भन्दै गएका उनी झ्यालबाट हामफालेर भागेको खुलेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार फरार साउदको खोजी भइरहेको छ।

साउद १७ वर्षीया किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए। ती किशोरीले बच्चा जन्माएपछि आफूलाई बेवास्ता गर्न थालेको भन्दै बलात्कारको जाहेरी दिएकी थिइन्, जसपछि साउद पक्राउ परेका थिए।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस